जनता टाइम्स

२ बैशाख २०८२, मंगलवार २०:२२

घट्यो पेट्रोल-डिजेल र मट्टीतेलको मूल्य


काठमाडौं, वैशाख २। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।