काठमाडौं, ४ वैशाख । च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई हराउँदै आर्सनल सेमिफाइनलमा पुगेको छ ।
गएरातिको खेलमा रियल म्याड्रिडलाई २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो । योसँगै १५ पटकको विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।
अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखसँग गएराति २–२ को बराबरी खेलेपछि समग्रमा ४–३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पीएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्