काठमाडौं, ९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्षस्थानको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ । सोमबार भएको खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो ।
इडेन गार्डेन्समा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । कप्तान अजिन्क्या रहानेले ५० रन बनाएपनि जितका लागि भने पर्याप्त हुन सकेन ।
अंगकृश रघुवंशीले अविजित २७ तथा आन्द्रे रसलले २१ रन बनाए । गुजरातका लागि प्रसिध कृष्णा र राशिद खानले २९२ विकेट लिए । मोहम्मद सिराज, इशान्त शर्मा, साइ किशोर र वासिङटन सुन्दरले १९१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो । शुभमन गिलले ९० तथा साइ सुदर्शनले ५२ रन बनाए भने जस बट्लर ४१ रनमा नटआउट रहे । कोलकाताका आन्द्रे रसल, वैभव अरोरा र हर्षित रानाले १–१ विकेट लिए ।
यस जितपछि शीर्षस्थानको गुजरातको ८ खेलमा १२ अंक भएको छ भने ८ खेलमा ६ अंक मात्र भएको कोलकाता सातौंमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्