जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार ०९:३४

प्रेस चौतारीको पत्रकार अक्षय कोषमा सहयोग हस्तान्तरण, केन्द्रीय कार्यालय भवन बनाउन ५ लाख दिने इञ्चार्ज पौडेलको घोषणा


काठमाडौं, बैशाख १३ । प्रेस चौतारी नेपालका सचिवालय दस्य तथा मधेश प्रदेशका इञ्चार्ज अच्युत पौडेलले संगठनले स्थापना गरेको पत्रकार अक्षय कोष र केन्द्रीय कार्यालय भवन निर्माणका लागि सहयोग घोषणा गर्नुभएको छ ।

प्रेस चौतारीको केन्द्रीय समितिको दोस्रो बैठकमा इञ्चार्ज पौडेलले यसअघि स्थापना गरिएको अक्षय कोषमा ब्यक्तिगत रुपमा ५० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । इञ्चार्ज पौडलले बैठकमा अध्यक्ष गणेश पाण्डेमार्फत अर्थ सचिव प्रदीप आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी उहाँले केन्द्रीय कार्यालय भवन निर्माणको योजनाअनुसार सिलान्याश भएकै दिन ५ लाख रुपैया उपलब्ध गराउने घोषणा गर्नुभएको छ । बैठकमा बिदेश सचिव नरेश भण्डारीले पनि कल्याणकारी कोषका लागि ब्यक्तिगत रुपमा १० हजार रकम सहयोग गर्नुभएको छ । यसैगरी बागमती प्रदेश इञ्चार्ज प्रतिमा सिलवालले १० हजार रुपैया हस्तान्तरण गर्नुभएको छ । यसैगरी गोरख थापाले १० हजार हस्तान्तरण गर्नुभएको छ ।

यस्तै बैठकमा कर्णाली प्रदेश इञ्चार्ज याम शर्माले एक लाख रुपैयाँको कम्प्युटर उपलब्ध गराउन घोषणा गर्नुभएको छ । प्रेस चौतारी नेपालको अघिल्लो कार्यसमितिले १० करोड पर्याउने लक्ष्यसहित पत्रकार अक्षय कोष निर्माण गर्ने निर्णयसहित ५ लाख रुपैया जम्मा गरेको थियो । बैठकमा अध्यक्ष गणेश पाण्डेले अग्रजले थालेको यो अभियानलाई बिशेष योजनाका रुपमा अघि बढाउँदै लक्ष्य पूरा गर्न लागि पर्ने बताउनु भएको छ ।