जनता टाइम्स

१४ बैशाख २०८२, आईतवार ०७:२१

आईपीएल क्रिकेटमा कोलकाता र पञ्जाबको खेल नतिजाविहिन


काठमाडौं, १४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहिन भएको छ ।

इडेन गार्डेनमा टस जितेर पहिलो ब्याटिङ गरेको पञ्जाबले कोलकातालाई जीतका लागि दुई सय २ रनको लक्ष्य दिएको थियो । उसका दुई खेलाडीले अर्धशतक बनाएको खेलमा ४ विकेट नोक्सानीमा दुई सय १ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको पञ्जाबले एक ओभरमा ७ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित भयो ।

खेल हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडेका छन् । पञ्जाबको ९ खेलमा ११ अङ्क भएको छ । पञ्जाब तालिकाको चौथो स्थानमा छ । समान ९ खेलमा कोलकाताको ७ अङ्क छ । कोलकाता सातौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० बीच खेल हुनेछ ।