जनता टाइम्स

१४ बैशाख २०८२, आईतवार ०९:३५

सहकारी ठगीमा समातिए सत्तारुढ सांसद, तीन पुग्यो जेल पुग्ने संघीय सांसदको संख्या


काठमाडौं, बैशाख १४ । सहकारी ठगी प्रकरणमा संघीय संसदको अर्का सांसदलाई प्रहरीले पक्राउ गरेको छ । राप्रपा सांसद गीता बस्नेत र रास्वपाका सभापति रबि लामिछाने सहकारी ठगीमा जेल पुगेपछि सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको हो ।

सांसद राई स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा संलग्न रही फरार रहनुभएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ सांसद राईलाई पक्राउ गरेको हो । सो कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार सांसद राईलाई कपनबाट पक्राउ गरिएको थियो । भोजपुरकी राई प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ ।

सांसद राई स्वर्णलक्ष्मी सहकारीकी सहसचिव हुनुहुन्थ्यो । राई उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिवको जिम्मेवारीमा रहनुभएको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना समेत भएको थियो । पछि सरकारी वकिलले राईमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । निर्देशनसँगै प्रहरीले राईबिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । पुर्जी लिएको लामो समयपछि प्रहरीले शनिवार पक्राउ गरेको हो । अव कार्यालय खुलेसँगै राईलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो । अदालतले लामिछानेसँग ६० लाख धरौटी माग गरेको थियो । तर त्यति बेला सांसद राईलाई प्रतिवादी बनाइएको थिएन ।

राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना समेत भएको थियो । पछि सरकारी वकिलले राईमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । निर्देशनसँगै प्रहरीले राईबिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । पुर्जी लिएको लामो समयपछि प्रहरीले शनिवार पक्राउ गरेको हो । अव कार्यालय खुलेसँगै राईलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।