जनता टाइम्स

१५ बैशाख २०८२, सोमबार ०७:४७

आईपीएल क्रिकेटमा दिल्लीलाई हराउँदै बेङ्गलुरु शीर्ष स्थानमा


काठमाडौं, १५ बैशाख ।  इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० शीर्ष स्थानमा उक्लिएको छ । हिजोको खेलमा दिल्ली क्यापिटल्सलाई छ विकेटले हराएर आरसीबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको आरसीबीले १८ ओभर तीन बलमा चार विकेट गुमाएर पुरा ग¥यो । दिल्लीका केएल राहुलले ४१ र ट्रिस्टान स्टब्सले ३४ रन बनाए । अभिषेक पोरेले २८ रन जोडे । आरसीबीका भुवनेश्वर कुमारले तीन र जोश हेजलउडले दुई विकेट लिए ।

त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर फिल्डिङ रोजेको आरसीबीले एक सय ६५ रन बनाएको थियो । आरसीबीका क्रुनाल पाण्ड्याले सबैभन्दा धेरै ७३ र विराट कोहलीले ५१ रन बनाए । दिल्लीका अक्षर पटेलले दुई विकेट लिए । १० खेलबाट १४ अङ्क बनाउँदै आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौ खेलमा १२ अङ्कसहित दिल्ली चौथो स्थानमा छ ।

यसअघि हिजो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ । मुम्बईले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर एक सय ६१ रन मात्र बनाउन सक्यो । लखनउका लागि आयुष बोधानीले सर्वाधिक ३५ रन बनाए । मुम्बईका जसप्रति बुमराहले चार र ट्रेन्ट बोल्टले तीन विकेट लिए ।

त्यसअघि मुम्बईका ओपनर रायन रिकोन्टन र सूर्यकुमार यादवको अर्धशतकमा मुम्बई इन्डियन्सले सात विकेट नोक्सानीमा दुई सय १५ रन बनाएको थियो । रायनले सर्वाधिक ५८ र सूर्य कुमारले ५४ रन बनाए । लखनउका मयंक यादव र आभेष खानले समान दुई विकेट लिए ।

आइपीएलमा मुम्बईको १२ अङ्कसहित तेस्रो स्थानमा रहँदा १० अङ्कका साथ लखनउ छैटौं स्थानमा छ । आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् ।