जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार २०:०३

नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री ओलीको बधाई


काठमाडौं, कात्तिक १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीटमाफृत कप्तान चयन भएकोमा मल्ललाई बधाइ दिनुभएको हो । प्रधानमन्त्री ओलीले कप्तान मल्ललाई शुभकामनासहित मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

‘नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ । तात्कालिन कप्तान पारश खडकाले कप्तानी त्यागेपछि मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो ।