जनता टाइम्स

१७ बैशाख २०८२, बुधबार ११:०४

अन्तर्राष्ट्रिय मजदूर दिवसमा ओएनएफको बिशेष कार्यक्रम, पूर्वमन्त्री मुकुन्द न्यौपानेदेखि अध्यक्ष थापासम्मको सम्बोधन


काठमाडौं, बैशाख १७ । बिश्वका ४२ भन्दा देशमा फैलिएको, प्रवासी नेपाली मञ्च (ओएनएफ) को, अन्तर्राष्ट्रिय कमिटीले १२५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस बिशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा बिशेष कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय मजदुर दिवस मनाउन लागिएको उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।

ओएनएफ अन्तर्राष्ट्रिय कमिटी, कला, साहित्य तथा संस्कृति विभागको आयोजनामा आगामी १ मे २०२५ बिहीवारको दिन “भर्चुअल माध्यम“द्वारा मजदुर दिवस मनाउन लागिएको पोख्रेलले बताउनु भयो । जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने नाराका साथ बिस्वभरी छरीएर रहेका नेपालीलाई एकीकृत गर्दै, श्रमिक मुद्दाको समस्याको समाधन गर्न आफ्नो सङ्गठ्न सधै अग्रसरतामा देखाएको पोख्रेलले बताउनु भयो ।

“श्रमिक दिवस अर्थात् मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ । सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ । पोखरेलका अनुसार नेपाली समय अनुसार बिहीवार साँझ ५ बजे बजे औपचारिक रुपमा सुचारु हुने छ । कार्यक्रममा सहभागिताको लागि जुम आइडी ८२७२६३४८७४३ र पासकोड २०२५ रहेको आयोजक कमिटीले जानकारी गराएको छ ।

प्रवासी नेपाली मञ्चको कला साहित्य तथा संस्कृति बिभागले हरेक नेपाली चाडपर्व र दिवसमा यसैगरी बिशेष कार्यक्रम गर्दै आएको छ । अन्तरािष्ट्रय कमिटी सदस्य सरस्वती केसी प्रमुख रहेको सो बिभागले अन्तराष्ट्रिय मजदुर दिवस पनि बिशेष कार्यक्रम आयोजना गरी मनाउन लागेको हो । सो कार्यक्रममा अन्तराष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापासहित पदाधिकारी, सचिवालय सदस्य, अन्तराष्ट्रिय कमिटी सदस्यसहित सवै राष्ट्रिय कमिटीका पदाधिकारी र सदस्यसहित सवैलाई सहभागिता जनाउन बिभागले अपिल समेत गरेको छ ।