काठमाडौं, १७ वैशाख । शिक्षकको माग पूरा गर्ने सरकारलाई ८ अर्ब आर्थिक भार बढ्ने भएको छ । सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताउनुभयो ।यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो । त्यस्तै, शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ । अब शिक्षक–कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्