काठमाडौँ । भारत सरकारले नेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको छ। भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको हो।
यसअघि भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् प्रदान गर्दै आएको थियो। इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत भएपछि अब उद्योगमा भएको विद्युत् कटौतीमा कमी आउने प्राधिकरणले जनाएको छ।
हाल भारतबाट दैनिक १५ घण्टा विद्युत् आयात भइरहेको छ। थप ६ सय मेगावाट विद्युत् आयात हुनुभन्दा पहिले १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात भइरहेको थियो। अब भने दैनिक १५ घण्टा विद्युत् आयात हुने भएको हो।
प्रतिक्रिया दिनुहोस्