काठमाडौं, २३ वैशाख । चालू आर्थिक वर्षमा ६ सय ६१ जना उद्यमीले स्टार्टअप कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६ सय ६१ परियोजनालाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो ।
कर्जाका लागि पाँच हजार एक सय ५८ उद्यमीले दर्ता गरेका थिए । त्यसमध्येबाट १ हजार तीन सय १४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनोट भएका हुन् ।
कर्जाका लागि छनोट भएका उद्यमीहरूले ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ ।
कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आउँदो बिहीवारसम्म प्रकाशन गरिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ ।
व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान र भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिजरभाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ ।
प्रतिष्ठानले उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्नेछ ।
स्टार्टअप-उद्यम-कर्जाका-लागि-सिफारिसमा-परेका-परियोजनाहरुको-विवरण-२०८२।०१।२१
प्रतिक्रिया दिनुहोस्