जनता टाइम्स

२४ बैशाख २०८२, बुधबार ११:०८

तोलामा १७०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं, २४ वैशाख । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।

मङ्गलबार प्रतितोला सुन एक लाख ८९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।