जनता टाइम्स

२५ बैशाख २०८२, बिहीबार १८:५९

एकअर्काका कैयौं ड्रोन र क्षेप्यास्त्र खसालिदिएको भारत र पाकिस्तानको दाबी


काठमाडौं, २५ वैशाख।  भारतले पाकिस्तानबाट प्रहार गरिएका कैयौं ड्रोन र क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ । भारतले विज्ञप्ति निकालेर पाकिस्तानी ड्रोन र क्षेप्यास्त्र खसाल्नुका साथै लाहोरमा रहेको एउटा हवाई रक्षा प्रणालीलाई ध्वस्त पारिएको दाबी गरेको छ ।

विज्ञप्तिमा हिजो बिहानदेखि पाकिस्तानले प्रहार गरेको गोली लागेर भारततर्फ तीन महिला र पाँच बालिबालिकासहित १६ जना सर्वसाधारणको ज्यान गएको उल्लेख छ । कश्मीरमा पाकिस्तानले विनाउक्साहट नियन्त्रण रेखापारि गोली प्रहार गर्ने क्रमलाई बढाएको भारतको आरोप लगाइएको छ ।

पाकिस्तानी सैनिकहरूले जम्मू तथा कश्मीरका कुपवाडा, बारामुला, उरी, पुन्छ, मेन्ढर र राजौरी क्षेत्रमा मोर्टार र शक्तिशाली तोप प्रहार गरेको र त्यस क्रमलाई रोक्न भारतीय सेनाले जवाफ दिएको भारतको दाबी छ ।