काठमाडौं, २८ बैशाख । सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेको छ । प्रतिनिधसभा र राष्ट्रियसभाको छुट्टाछुटै बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।
अर्थमन्त्री पौडेलले संसद्ले पारित गरेको नीति तथा कार्यक्रम अनुरूप सिद्धान्तहरूका आधारमा बजेट आउने बताउनुभयो । उहाँले मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, सबल अर्थतन्त्र निर्माण गर्ने, उत्पादनमुखी विकासको ढाँचा अवलम्बन गर्ने, उद्यमशिलता र उत्पादकत्व अभिवृद्धि गर्न नवीनतम प्रवृतिको प्रयोगलाई प्रवर्द्धन गरिने उल्लेख गर्नुभयो ।अर्थतन्त्रका उदीयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्र मैत्री, प्रतिस्पर्धी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने उहाँको भनाइ छ । समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार बनाउने गरी बजेट ल्याउने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्