काठमाडौं, १ जेठ । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले राज्य सफल हुनका लागि राज्यका सबै निकायले अनुशासन पालना गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै गैरेले आर्थिक अनुशासनमा सबै निकाय कठोर हुनुपर्ने बताउनुभयो । ‘त्यसो भयो भने मात्र राज्यका सबै काम सफल हुन्छन्’, उहाँले भन्नुभयो ।
महालेखा परीक्षणको कार्यालयले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनले आर्थिक बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको उहाँले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहसम्म बेरुजुको थाक लागेको उहाँले सुनाउनुभयो । ‘यही तरिकाले हामी अघि बढ्दै जाने हो भने हाम्रो अर्थतन्त्र, आर्थिक अनुशासन र कार्यक्षमता माथि गम्भीर प्रश्न उठाएको छ’, गैरेले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्