जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार १०:३१

आजबाट फेरि सुरु हुँदै आईपीएल, बैंगलोर र कोलकाता भिड्दै


काडमाडौं, ३ जेठ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ ।

आतंककारी समुदायले काश्मीरको पहलगाममा २६ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दूर’ सुरू गरेपछि तनावको बीचमा गत साता जारी खेल रोकिएको थियो ।

भारत र पाकिस्तानका बीचमा तनाव व्यवस्थापन भई युद्धविराम भएपछि पुन आईपीएल खेल सुरू हुन लागेको हो ।

पञ्जाब र दिल्ली बीच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौल छाएको थियो ।

आजको पहिलो खेल अर्थात ५८ औं म्याच बैंगलोर र कोलकाताबीच साँझ ७ः३० बजेबाट सुरू हुनेछ ।