काठमाडौं, ४ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । दुवै टोलीले समान एक अङ्क प्राप्त गरेका छन् । यससँगै कोलकाता प्लेअफ दौडबाट बाहिरिएको छ भने बैंग्लुरु अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
भारत र पाकिस्तानबीचको सैन्य कारबाहीका कारण आइपीएल एक हप्ता रोकिएको थियो । त्यसपछि यो सिजनका बाँकी खेलहरू हिजोदेखि शुरु हुने भनिएको थियो । यद्यपि, हिजो साँझ एम चिन्नास्वामी रङ्गशालामा पानी पर्न थाल्यो र राति अबेरसम्म जारी रह्यो ।
यस्तो अवस्थामा खेल रद्द गरिएको हो । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किङ्गस तथा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्