जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार ०६:४८

हैदराबादसँग ६ विकेटले पराजित हुँदै लखनउ आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो


काठमाडौं, ६ जेठ ।  लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) प्लेअफ दौडबाट बाहिरिएको छ ।

सनराइजर्स हैदराबादसँग हिजो ६ विकेटले पराजित भएपछि लखनउको प्लेअफ पुग्ने सम्भावना सकिएको छ ।

अब दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स प्ले अफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

२ सय ६ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । एकाना स्टेडियममा त्यसअघि टस जितेर हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गर्‍यो।

लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो । लखनउले १२ खेलबाट १० अङ्क बनाएको छ । प्लेअफबाट पहिले नै बाहिरिसकेको हैदराबादको मात्र ९ अङ्क भएको छ ।