काठमाडौं, जेठ ६ । सेयर बजार मंगलबार (आज) उच्च अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५३ अंकले बढेको हो ।
बृद्धिसँगै नेप्सेपरिसूचक २६८१.३६ बिन्दुमा पुगेको छ । आज कारोबार अवधिभर ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ । यसदिन ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँको कारोबार भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका अनुसार आज २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ । आज १३ वटै सूचकमा हरियाली छाएको छ । होटल एण्ड पर्यटन र विकास बैंक समूहमा लगानीकर्ता बढी आकर्षित देखिएका छन । आज सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज ओम मेघाश्री फर्मास्यूटिकल्स, राप्ति हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंकलगायत कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । आज राधि विद्युतको सर्वाधिक सेयर कारोबार भएको छ । राधी ग्रुपको सर्वाधिक ४१ करोड ८० लाख रूपैयाँको कारोबार भएको हो ।
धितोपत्र बोर्डका अनुसार आज विन नेपाल लघुवित्त, एनएमबि ५०, सेन्चुरी डिबेन्चर २०८८ लगायत कम्पनीको मूल्य भने घटेको छ ।
प्रतिक्रिया दिनुहोस्