काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सर्वोच्च अदालतमा बुधबार आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पौडेललाई शपथ गराउनुभएको हो ।
मंगलबार मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर पदमा नियुक्त गरेको थियो । गभर्नर चयनका लागि उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । सोही समितिको सिफारिसमा पौडेले गभर्नर नियुक्त हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्