गाजापट्टी । इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा परेर कम्तीमा पनि २४ जनाको मृत्यु भएको छ । सेनाले मध्य गाजामा विद्यालयमा रहेको विस्थापित परिवार बस्ने आश्रयस्थलमा आक्रमण गरेको स्वास्थ्यकर्मी र नागरिक रक्षा अधिकारीले भनेका छन् ।
इजरायलले फहमी अल–जार्गावी विद्यालयलाई निशाना बनाएको थियो । यसमा उत्तरी बेइत लाहिया सहरबाट भागेर आएका मानिसहरू बस्दै आएका थिए ।
बालबालिका समेत कम्तीमा २० जनाको शव भेटिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भनेका छन् । यीमध्ये कयौँको शव गम्भीर तरिकाले जलेको बताइएको छ । यस मामिलामा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया दिनुहोस्