काठमाडौं, जेठ १२ । गत गत चैत १५ गते काठमाडौंमा राजावादीले गरेको आन्दोलनका क्रममा कथित जनकमाण्डर दुर्गा प्रसाईंको गाडीभित्र बसेर प्रसाईंकै अराजक र उत्तेजक हर्कतको भिडिओ खिच्ने पत्रकारबिरुद्ध पाँच वटा अभियोगमा मुद्धा दायर भएको छ ।
नेपाल पुकार युट्युव च्यानलका सञ्चालक दाहालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो । प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा पत्रकार दाहाल पनि पर्नुभएको हो । दाहालविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता भएको छ । दाहाल भने सोही घटना भएको दिनदेखि फरार हुनुहुन्छ ।
टेलिभिजनमा लामो समय काम गर्नुभएका पत्रकार दाहाल पछिल्लो समय यूटुव सञ्चालन गरी त्यस्तै उत्तेजक गतिबिधिको भिडियो प्रशारण गर्दै आउनु भएको थियो । जेठ १५ मा पनि दाहालले प्रसाईंले गाडीबाट सुरक्षाकर्मीलाई किच्न खोजेको गतिबिधि जस्ताको तस्तै लाइभ गर्नुभएको थियो । प्रसाईंसँगै बसेर सो गतिबिधि गरेका कारण दाहालबिरुद्ध मुद्धा दायर भएको हो ।
दाहालले दुर्गा प्रसाईँकै गाडीमा बसेर त्यस दिनको भिडिओ लाइभ गर्नुभएको थियो । प्रसाईं बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडिओ प्रसारण उहाँले नै गर्नुभएको थियो । गाडीले प्रहरीलाई नै किचेर अघि बढ्न खोजेपछि स्थिति भड्किएको थियो । केही समय पहिलासम्म माओवादीतिर निकट पत्रकार दाहाल पछिल्लो समय प्रायः दुर्गा प्रसाईसँगै हिड्ने गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्