जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार १५:५५

अनलाइन पत्रकार संघको अध्यक्षमा पुनः सत्याल, यस्तो बन्यो कार्यसमिति


काठमाडौं,जेठ १२ । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न संघको १४औं वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्याल पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित हुनुभएको हो । साधरणसभाले अध्यक्षसहित सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

संघको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया, कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुरकी पुष्पा केसी र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन हुनुभएको छ ।

संघको १४औं साधारणसभामा संस्थापक अध्यक्ष केपी ढुङ्गाना नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको घोषणा गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल हुनुहुन्थ्यो ।