काठमाडौं, १३ जेठ । रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भावनामा बहकिएको आरोप लगाएको छ । ।युक्रेन मुद्दाको विषयलाई लिएर ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई पागलको संज्ञा दिएपछि रुसले यस्तो प्रतिक्रिया जनाएको हो । युक्रेनमा ३६७ ड्रोन तथा मिसाइल प्रहार गरेर १३ जनाको ज्यान गएपछि ट्रम्पले पुटिनलाई सामाजिक सञ्जालमा नै उनलाई केही भइरहेको बताएका थिए ।
पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले यसलाई ट्रम्पको धेरै दौडधुपका कारण उत्पन्न भावनात्मक संवेगको रूपमा व्याख्या गरेका छन् । यसैबीच जर्मन चान्सलर फ्रेडरिच मर्जले युक्रेनका सहयोगीले सहयोग गरेको आएको निश्चित दुरीको हतियारको साटो किभ टाउरस मिसाइल दिने बताएका छन् । शनिबार र आइतबारको २४ घण्टामा ३६७ मिसाइल प्रहार गर्दै १३ जनाको ज्यान लिएको रुसी सेनाले त्यसको एक दिनपछि आइतबार र सोमबारको युक्रेनको विरुद्धमा ३५५ ड्रोन प्रहार गर्दै १० जनाको ज्यान लिएको छ । रुसी रक्षा मन्त्रालयले त्यहाँको एयर सिस्टमले थुप्रै रुसी क्षेत्रमा प्रहार गरिएका २० ड्रोन नास गरिएको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणमा कुनै सैन्य सोच नभएको बताउँदै लगातार युद्ध मच्चाउने र धेरैको ज्यान लिने नीति मात्र रुसको भएको आरोप लगाएका छन। रोयटर्सका अनुसार थप सहयोगका लागि वार्ता गर्न जेलेन्स्की बुधबार बर्लिन जाँदै छन् । यसबारे सबै कुरा पक्का भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्