जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार ०७:०४

आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो


काठमाडौं, १३ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब किङ्ग्सले शीर्ष–२ मा लिग चरणको अन्त्य गरेको छ ।

हिजो भएको खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जीत निकालेको हो । पन्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए ।

मुम्बईका मिचेल सान्टनेरले २ र जसप्रति बुमराहले १ विकेट लिए । जयपुरमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

मुम्बईका सूर्यकुमार यादवले अर्धशतक बनाए । पन्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए ।

लिग चरणको अन्तिम खेलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसिबी० र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।