काठमाडौं, जेठ १५ । सरकारले नेपाली जनतालाई विदेशी कम्पनीसँगको सहकार्यमा स्वेट सेयर लिन सक्ने नयाँ व्यवस्था लागू गर्ने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा बिहीबार दिउँसो आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली जनताले प्रविधि वा विशिष्ट सेवा प्रदान गरेबापत विदेशी कम्पनीबाट स्वेट सेयर प्राप्त गर्न सक्ने नीति अघि सार्नुभएको हो ।
यो व्यवस्थाले नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय कम्पनीसँग प्राविधिक र विशिष्ट सेवा क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गर्ने अपेक्षा र बिश्वास सरकारको छ । ‘यो नीतिले नेपाली जनताको सीप र क्षमतालाई विश्व बजारसँग जोडेर आर्थिक अवसर सिर्जना गर्नेछ’, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो ।
यो योजनाले नेपालको प्राविधिक र सेवा क्षेत्रलाई थप सशक्त बनाउँदै वैश्विक बजारमा प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्