काठमाडौं, १५ जेठ । संघीय सरकारले आउने आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याएको छ ।
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । आउने साउन महिनादेखि कार्यान्वयनमा आउने बजेट तथा कार्यक्रमले उत्पादनका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
सरकारको बजेट तथा कार्यक्रमले उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धिलाई प्राथमिकता दिएको छ । .प्रतिफल दिने खालका गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार गर्ने गरी सरकारले बजेट तथा कार्यक्रम ल्याएको छ ।
सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ । त्यस्तै सामाजिक क्षेत्रमा गुणात्मक सुधारका लागि बजेट र कार्यक्रमले प्राथमिकता दिएको छ ।
भ्रष्टाचार नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहमा सरकाको कार्यक्रमले प्राथमिकता दिएको छ । शासकीय सुधारको कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको ।
बजेट कार्यान्वयनमार्फत उच्च आर्थिक विकास लक्ष हासिल गरी गरिबी निवारण गर्ने उद्देश्य सरकारको बजेट तथा कार्यक्रमले लिएको छ ।
उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने उद्देश्य सरकारले लिएको छ । आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि उद्देश्य सरकारको बजेट तथा कार्यक्रमले लिएको छ ।
सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने तथा गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने उद्देश्य सरकारको बजेट तथा कार्यक्रममा समावेश छ ।
प्रतिक्रिया दिनुहोस्