जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार १६:४६

बजेटको प्राथमिकतामा पर्यो शिक्षादेखि जेन–जी पुस्ता स्टार्टअप उद्योग


काठमाडौं, जेठ १५ । सरकारले आर्थिक बर्ष २०८२/०८३ को बजेटमा शिक्षा क्षेत्र र जेन–जी पुस्तालाई प्राथमिकतामा पारेको छ ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बिहीवार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षका बजेटमा शिक्षा क्षेत्र र युवा पुस्तालाई प्राथमिकतामा राखिएको छ । बजेटमा काम खोज्ने होइन, काम दिने युवा– जेन-जी पुस्ता स्टार्टअप उद्योगलाई तीन प्रतिशतमा कर्जाको ब्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले बताउनु भयो ।

यस्तै बजेटमा प्रविधि क्षेत्रलाई पनि फोकस गरिएको उहाँले बताउनु भयो । जस्को लागि काठमाडौंमा सूचना प्रविधिपार्क र मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर स्थापना गर्ने अर्थमन्त्री पौडेलले घोषणा गर्नुभयो ।

यस्तै पढ्दै कमाउँदै कार्यक्रमलाई प्राथमिकतामा राखेर शिक्षामा बजेट २ खर्ब ११ अर्ब १७ करोड रुपैया बिनियोजन गरिएको छ । यसैगरी बजेटमा १ सय विद्यालयमा उत्थान कार्यक्रम, प्रतिविद्यालय २५ लाख अनुदानको ब्यवस्था गरिएको छ । यस्तै बजेटमा आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत थपिने घोषणा गरिएको छ ।