काठमाडौं, १५ जेठ । सरकारले सरकारी कर्मचारीले पाउँदै आएको तलबमा थप ५ हजार रुपैँया भत्ता बढाउने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै देशको आर्थिक अवस्थाको कारण कर्मचारीको तलब बढाउन नसके पनि महँगी भत्ता भने बढाएको जानकारी दिनुभयो । सबै कर्मचारीका लागि महँगी भत्ता ५ हजार रुपैँयाका दरले बढाइएको उहाँले बताउनुभयो ।
बढाइएको भत्ता कर्मचारीले आउने साउन महिनाबाट पाउने अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्