काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि तथा पशुपन्छी विकास क्षेत्रमा ५७ अर्ब ४८ करोड रुपैँया बजेट विनियोजन गरिएको छ ।
पौडेलले कृषि क्षेत्रमा उत्पादन वृद्धि, व्यावसायिकता, आत्मनिर्भरतासहित खाद्य सुरक्षामा ध्यान दिइने बताउनुभयो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निम्ति १० अर्ब १४ करोड रुपैँया बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैँया बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्