जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार १७:१७

बढ्यो बजेटको आकार, आगामी आवको बजेट १९ खर्व ६४ अर्व ११ करोड


काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा सो आकारको बजेट सार्वजनिक गर्नुभएको हो । सरकारले बजेटमा चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरेको छ ।

उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो । सरकारले बजेटमार्फत् कर्मचारीको महंगी भत्ता ५ हजार रूपैयाँ पुर्याएको छ । नयाँ बजेट साउन १ गतेदेखि लागू हुनेछ ।