काठमाडौं, १५ जेठ। किसानहरूलाई अब खेतीको सिजनमा रासायनिक मलको अभाव नहुने भएको छ ।
सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रुपैँया रकम विनियोजन गरेको छ ।
अर्थ मन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभएको छ । सरकारले चालु आर्थिक वर्षमा मल-खाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैँया विनियोजन गरेको छ । नेपालमा आवश्यक पर्ने रासायनिक मल अन्य देशबाट आयात हुँदै आएको छ
प्रतिक्रिया दिनुहोस्