जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार १७:५९

नेपालको आर्थिक वृद्धिदर फेरी आसलाग्दो गतिमा, आउने वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान 


काठमाडौं, १५ जेठ । नेपालको आर्थिक वृद्धिदर फेरी आसलाग्दो गतिमा अघि बढेको छ ।

गत वर्ष ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष एक अङ्कले उकालो लाग्ने अनुमान गरिएको छ । यस वर्ष ४.६ प्रतिशतका दरले आर्थिक वृद्धिदर हुने प्रक्षेपण सरकारले गरेको छ ।

गत वर्ष उद्योग, निर्माण लगायतका क्षेत्रमा ऋणात्मक वृद्धिदर रहेकोमा यस वर्ष सबै क्षेत्रमा धनात्मक वृद्धिदर रहेको अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधि सभामा जानकारी दिनुभएको छ ।

आर्थिक वृद्धि दरलाई आउने वर्ष ६ प्रतिशत पुर्‍याउने लक्ष सरकारले लिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विगतमा पनि देशले आर्थिक वृद्धिमा उल्लेख्य प्रगति गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको तथ्याङ्क समेटेर तयार गरेको सर्वेक्षणमा सेवा क्षेत्रको योगदान उल्लेखनीय देखिएको छ । सेवा क्षेत्रको योगदान ६२.१ प्रतिशत, कृषि क्षेत्रको २५.१६ प्रतिशत र उद्योग क्षेत्रको १२.८३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

सर्वेक्षणअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी १ हजार ५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत कायम रहेको छ ।