जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार २०:००

बढ्यो मदिरा, सुर्ती, वियर र चुरोटमा कर, बढेन विद्युतीय सवारीमा कर


काठमाडौं, जेठ १५ । सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाएको छ ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाइएको घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री पौडेलका अनुसार विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क यथावत राखिएको छ । सरकारको यो निर्णयसँगै बजेटमा विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क वृद्धि हुने अनुमान गरेर नेपालमा अस्वाभाविक गाडी भित्र्याउने विद्युतीय गाडी आयात गर्ने आयातकर्ता कम्पनीले नराम्रोसँग धक्का खानुपरेको छ ।