काठमाडौं, १५ जेठ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आफूहरूले सुझाव दिएअनुसार बजेट आएको प्रतिक्रिया दिनुभएको छ । उहाँले सरकारले बजेटमार्फत् राखेको आर्थिक वृद्धिको लक्ष्य र राजस्वको लक्ष्य उपयुक्त नै भएको तर कार्यान्वयन चुनौतीपूर्ण भएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटिएको बताउनुभयो ।
‘हामीले दिएका धेरै सुझावहरूलाई समेटिएको छ, आर्थिक ऐनमा हेर्न बाँकी छ, हामीले दिएको धेरै बुँदा समेटिएको छ’, उहाँले भन्नुभयो, ‘यसमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मागलाई सँगै अगाडि बढाउने भनेर आएको छ ।’ बजेट समग्रमा निजी क्षेत्रले उठाएका माग सम्बोधन भएको उद्योग वाणिज्य महासंघका उपाध्य हेमराज ढकालले बताउनुभयो । बजेटको साइज बढ्दा कसरी मिलाउने भन्नेमा भने चुनौतीपूर्ण रहेको उहाँले बताएका बताउनुभयो । बजेटमा राम्रो हिसाबले आउने तर, कार्यान्वयनमा नगएको अवस्था पनि भएको उहाँले बताउनुभयो । अटोमोबाइल्स एसोसिएसन नेपाल नाडाका अध्यक्ष रणवीर चौधरीले नाडाको मागहरू समेटिएको भनेर भन्न गर्व लाएको प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्