जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार ०६:४९

नाइजेरियामा बाढीका कारण एक सय १५ जनाको ज्यान गयो


काठमाडौं, १७ जेठ ।  नाइजेरियामा ठूलो वर्षापछिको बाढीमा परेर कम्तीमा एक सय १५ जनाको ज्यान गएको छ । बाढीले ५० वटा भन्दा धेरै घर बगाएको छ ।मोक्वा शहरका टिफिन माजा र अंगुवान हौसावा जिल्ला प्रभावित भएका बीबीसीले जनाएको छ ।आपतकालीन व्यवस्थापन एजेन्सी ९एनएसईएमए० का प्रमुख अबुलाही बाबाआराले प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनको काम भइरहेको बताउनुभएको छ ।यसअघि सन् २०२२ मा पनि नाइजेरियाले ठूलो क्षति हुने गरी बाढीको सामना गरेको थियो । त्यसबेला १३ लाख मानिस विस्थापित र ६ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।