काठमाडौं, १७ जेठ । पहिलो अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली घरेलु टोली थाइल्याण्डसँग एक गोलले पराजित भएको छ ।
थाइल्याण्डमा हिजो बेलुका भएको क्लोज डोर खेलमा घरेलु टोलीले दोस्रो हाफमा गोल गर्यो । अब नेपालले पर्सि सोमवार दोस्रो मैत्रिपूर्ण खेल खेल्नेछ ।
नेपाल एएफसी महिला एशियन कपको छनोट चरणको तयारीमा छ । छनोट मे ४ तारिखदेखि शुरू हुनेछ । नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलङ्का र उज्बेकिस्तानसँग रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्