जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार ०६:५१

इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा


काठमाडौं, १७ जेठ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको हिजो भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यू चण्डिगढमा भएको खेलमा मुम्बईले गुजरातलाई २० रनले हरायो । अब फाइनलमा पुग्न मुम्बईले दोस्रो क्वालिफायरमा पन्जाब किङ्ग्ससँग खेल्नेछ ।टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय २८ रन बनाएको थियो ।

उसका रोहित शर्माले सर्वाधिक ८१ रन बनाए । जोनी ब्रेयस्ट्रोले ४७ रन जोडे । गुजरातका साई किशोर र प्रसिद्ध कृष्णाले समान दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।जीतका लागि दुई सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८ रन बनायो ।उसका साई सुदर्शनले सर्वाधिक ८० रन बनाएपनि टोलीको हार टार्न सकेनन् । वासिङ्गटन सुन्दरले ४८ रन जोडे ।

मुम्बईका ट्रेन्ट बोल्डले दुई, अश्विनी कुमार, जसप्रित बुमराह, रिचार्ड गिल्सन र मिचेल स्यान्टेनरले समान एकरएक विकेट लिए । दोस्रो क्वालिफायरको खेल भोलि हुनेछ । विजेता टोलीले उपाधिका लागि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ