जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार ०९:५८

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि ७० खेलाडी छनोट


बैतडी : सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका छन् । हालै पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेर ७० खेलाडी छनोट गरिएका हुन् । बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएका हुन् ।

छनोट हुने खेलाडीमा छात्र र छात्रा भलिबलमा नौ/नौ, कबड्डी छात्र र छात्रामा नौ/नौ, एथ्लेटिक्समा छात्र र छात्रा गरेर ११/११ जना र कराँतेमा छ/छ खेलाडी छनोट भएका छन् । पुर्चौडीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशवटै स्थानीय तहको सहभागिता रहेको थियो । छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जनाउने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी जानकारी दिनुभयो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिना हुने भनिए पनि मिति भने तय भएको छैन ।