काठमाडौं, १७ जेठ । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आजराति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र इटालियन क्लब इन्टर मिलान खेल्दैछन् ।
फाइनल खेल म्युनिखको एलियान्ज एरिनामा नेपाली समयअनुसार राति पौने एक बजे शुरू हुनेछ । युरोपियन फुटबलको सबैभन्दा ठूलो क्लब प्रतियोगिताबाट युरोपको च्याम्पियन टोली टुङ्गो लाग्नेछ ।
पीएसजीले यो सिजनमा प्रिमियर लिगका शीर्ष टोलीहरु लिभरपुल, आर्सनललाई हराउँदै फाइनलमा पुगेको हो । त्यस्तै इन्टरले बायर्न म्युनिख र बार्सिलोनालाई हराएको थियो ।
पीएसजीका लागि पहिलो पटक उपाधि जित्ने अवसर छ भने इन्टरले चौथो पटक उपाधि जित्न प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल हेर्न म्युनिखमा दुवै टोलीका समर्थकहरू जम्मा हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्