जनता टाइम्स

१७ जेष्ठ २०८२, शनिबार १३:०४

बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको छ: अध्यक्ष चन्द्रप्रसाद ढकाल


काठमाडौं, १७ जेठ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटेर बजेट आएको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही कुराहरु भने प्राथमिकता दिएर राखेका पनि नसमेटिएको बताउनु भयो । उहाँले बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताउनु भयो । निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको बताउनु भयो । अनपपुलर हुने डर नराखि सरकारले राम्रो निर्णयसहित बजेट ल्याएको बताउनु भयो । टिकटमा भ्याट नलाग्ने कुराको व्यवस्थामा सरकारले जोड दिन नसकेको बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले दिएका अधिकांश सुझाव बजेटमा समेटिएका छन् । केही कुराहरु एकदमै प्रायोरिटी दिएर राखिएको कुराहरु समावेश भएको छैन । बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएर निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छ । सरकारले राम्रो डिसिजन गर्न अनपपुलर हुने डर नराख्नुस् भनेको थिएँ । पर्यटन क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । डिटिएसको कुरा र टिकटमा भ्याटको कुराले हाम्रो यहाँको सर्भिस महंगो भएर बाहिरबाट टिकट लिने भएकाले त्यसलाई प्राथमिकता दिइएको देखिएन । हाइड्रोपावरको डेभलपमेण्ट, यहाँको सिमेन्ट, फलाम युज गर्ने, यहाँका मान्छे प्रयोग गर्ने, यसमा प्राथमिकता दिनुपर्ने बेला हो ।’अध्यक्ष ढकालले बजेटले ६ प्रतिशतको आर्थिक ग्रोथको लक्ष्य लिएको भन्दै कार्यान्वयन गरेको खण्डमा सम्भव रहेको बतउनु भयो । सुशासनको प्रत्याभुति दिलाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउनु भयो ।