जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार ०७:४२

पाकिस्तानले फाइटर जेट खसालेको भारतीय अधिकारीबाट स्वीकार


काठमाडौँ, १८ जेठ ।  भारतीय सेनाले पाकिस्तानसँगको तनावका क्रममा आफ्नो फाइटर जेट खसालिएको कुरा स्वीकार गरेको छ। मे महिनाको सुरुवातमा भएको सो तनावको समयमा ६ वटा जेट खसालेको दाबी पाकिस्तानले गरेको थियो। सो दाबीलाई भारतले अस्वीकार गरेको थियो।
शनिबार ब्लुमबगसँगको कुराकानीको क्रममा भारतका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले पाकिस्तानले भनेको जस्तो सङ्ख्या नै यत्ति भन्ने पक्का नभएको बताए। सिंगापुरमा जारी एसियाली रक्षासम्बन्धी फोरममा उपस्थित भएका चौहानले त्यही ब्लुमबर्गलाई सो कुरा बताएको जनाएको छ।

उनले यो कुन गल्तीका कारण भएको हो छानबिन गर्न अझै बाँकी रहेको बताए। उनले पहिलो प्रहारमा भएको गल्ती तत्काल पत्ता लगाएका कारण त्यसको दुई दिनपछि नै सफलता पूर्वक आक्रमण गरेको बताएका छन्। पाकिस्तानले भारतका पाँच फाइटर जेट खसालेको दाबी गरेको थियो। पाकिस्तानी दाबी अनुसार यी मध्यका तीन फ्रान्सेली रफायल जेट थिए। पाकिस्तानले फ्रान्समा निर्मित रफायललाई निस्तेज पार्न चीनमा बनेको फाइटर जेट प्रयोग भएको बताएको छ।