जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार ०९:२३

नेपाली फुटबल टोली स्वदेश फर्कियो


काठमाडौं, २९ जेठ । हङकङसँगको मैत्रीपूर्ण फुटबल खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

गएराति काठमाडौं आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

नेपालले हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो भने एएफसी एसियन कप छनोटमा लाओससँग दुई–एक गोलले पराजित भएको थियो ।