काठमाडौं, ३ असार। तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ ।
इरान–इजरायलबीचको द्वन्द्व झन बढ्दै गएको छ । इजरायलले तेहरानमा नयाँ हवाई आक्रमण गरेपछि इरानी पक्षले इजरायललाई चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।
यसैबीच, क्यानडामा चलिरहेको जी–सेभेन सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको समर्थन गर्नुभएको छ ।
उहाँले इरानलाई वार्ताको लागि आउन आग्रह गर्नुभएको छ । उहाँले तेहरानमा रहेका अमेरिकी नागरिकलाई तुरुन्त देश छाड्न आग्रहसमेत गर्नुभएको छ ।
इजरायली आक्रमणमा इरानमा ज्यान गुमाउनेको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्