जनता टाइम्स

९ असार २०८२, सोमबार २०:४३

धरौटी तिरेर रिहाइ भएलगत्तै अमला रोका फेरि पक्राउ


काठमाडौं, ९ असार ।  ६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी तिरेर रिहा भए लगत्तै अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई ६१ किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएकोमा धरौटी तिरेर रिहाई भए लगत्तै नेपाल प्रहरीको केन्द्री अनुसन्धान व्यूरो ९सीआईबी०को टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएकाले पक्राउ गरेर विभागको जिम्मा लगाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले दिनुभयो । सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो ।