जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १३:४७

अस्थायी शिक्षकलाई स्वतः स्थायी असंभव, सम्मानका साथ बिदा गर्ने सरकारको तयारी


काठमाडौं, बैशाख २५

सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने प्रष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने सरकारको बटमलाइन प्रष्ट पार्नुभएको हो ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा बोल्दै मन्त्री पोखरेलले एक पटक लिइएको परीक्षामा अनुनिर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्रभित्रै सम्मानका साथ विदाई गर्ने योजनाको खुलासा गर्नुभयो । सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एक पटक परीक्षा लिएको थियो । तर अब त्यसरी पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यवहारिक समेत नहुने पनि मन्त्री पोखरेलले बताउनु भयो । अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित विदाई गर्न सरकार लागि परेको उहाँको भनाई थियो । बैठकमा समिति अन्तरगतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो । प्र

तिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी सार्वजनिक विद्यालयहरुको पठनपाठनलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराइएको छ ।