जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार १४:०८

अबिवाहित महिला सवैभन्दा खुसी, यस्तो छ कारण


काठमाडौं, कात्तिक २३ । पछिल्लो एक नयाँ अनुसन्धानले अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसका रुपमा देखापरेका छन । अनुसन्धानका अनुसार बालबच्चा नभएका अविवाहित महिलाहरु संसारकै सवैभन्दा खुसी हुने गरेको पाइएको हो ।

शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यो निष्कर्ष निकालिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्स स्थित एक प्रोफेसरले बताए ।

‘लन्डन स्कुल अफ इकोनोमिस्क’ का व्यवहारिक विज्ञानका शिर्ष विश्लेषक डोलानका अनुसार अन्य व्यक्तिको तुलनामा अविवाहित महिलाहरु संसारकै सवैभन्दा खुसी हुन्छन् । सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको डोनालले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।