जनता टाइम्स

२७ असार २०८२, शुक्रबार १४:२५

काठमाडौं महानगरमा २५ अर्ब ११ करोडको बजेट सीमा


काठमाडौं, २७ असार ।  काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८/र८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ ।राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक आजै बसेको थियो ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो । बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।

बैठकमा प्रमुख साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आवमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय समेत गरेको छ ।