जनता टाइम्स

२९ असार २०८२, आईतवार १२:०१

गत वर्षभन्दा १ खर्ब ८ अर्बले राजस्व बढेको छ,  १० खर्ब ९७ अर्ब राजस्व वृद्धि : प्रधानमन्त्री 


काठमाडौँ, २९ असार ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको दाबी गर्नुभएको छ ।

ओलीले आइतबार एक ग्राफिक्ससहितको सन्देशमार्फत ‘राजस्व वृद्धिको’ तथ्य सार्वजनिक गर्नुभएको हो। प्रधानमन्त्री ओलीको तस्बिर सहितको उक्त ग्राफिक्समा लेखिएको छ- ‘गत वर्षको भन्दा १ खर्ब ८ अर्बले राजस्व बढेको छ, १० खर्ब ९७ अर्ब राजस्व वृद्धि भएको छ’, उहाँले लेख्नु भएको छ ।

सन्देश मार्फत ओलीले विगत वर्षहरूको तुलनामा आर्थिक सुधारको सङ्केत दिँदै सरकारको राजस्व सङ्कलन क्षमतामा भएको वृद्धिलाई सकारात्मक रूपमा चित्रण गर्नुभएको देखिन्छ। ओलीले पछिल्ला दिनमा अर्थतन्त्र, पूर्वाधार विकास र राष्ट्रिय स्वाभिमानका विषयमा नियमित सन्देश प्रवाह गरिरहनुभएको छ।